नियम
गैर पर्यटक भिसा

(१) देहायका विदेशी र तिनका परिवारका सदस्यहरूलाई गैर पर्यटक भिसा दिइनेछ ।
(क) विदेशी मित्र राष्ट्रका सरकारी वा गैर सरकारी संस्थाबाट खर्च व्यहोर्ने गरी नेपाल सरकारको स्वीकृति प्राप्त सामाजिक वा आर्थिक विकास कार्यमा संलग्न विदेशीहरू,
(ख) नेपाल स्थित विदेशी नियोगद्वारा संचालित संस्थामा काम गर्नको लागि परराष्ट्र मन्त्रालयबाट सिफारिस प्राप्त विदेशीहरू,
(ग) विदेशी पत्रपत्रिका तथा समाचार समितिमा काम गर्नको लागि सूचना तथा संचार मन्त्रालयबाट सिफारिस प्राप्त विदेशी प्रतिनिधिहरू,
(घ) कूटनैतिक वा औपचारिक भिसा प्राप्त विदेशीको परिचारकको रूपमा काम गर्न सम्बन्धित मन्त्रालयबाट सिफारिस प्राप्त विदेशीहरू,
(ङ) नेपालभित्र कुनै फर्म, कम्पनी, संस्था, उद्योग वा व्यवसायमा पारिश्रमिक पाउने गरी काम गर्न नेपाल सरकारबाट स्वीकृत प्राप्त विदेशीहरू,
(च) नेपालस्थित कुनै अन्तर्राष्ट्रिय हवाई संस्थामा काम गर्न सम्बन्धित मन्त्रालयबाट सिफारिस प्राप्त विदेशीहरू,

(छ) विदेशी सरकारी निकाय वा विदेशी मुलुकको उद्योग वाणिज्य संघ वा च्याम्वर अफ कमर्सको सिफारिसमा तेश्रो मुलुकबाट नेपाल आउने विदेशी आयातकर्ता,
(ज) नेपाली नागरिकसंग वैवाहिक सम्बन्ध भई विवाह दर्ताको प्रमाणपत्र पेश गर्ने विदेशीहरू ।
(ज१) नेपाली मूलका विदेशी वा नेपाली बाबुु वा आमाको विदेशी राहदानी वाहक सन्तान नेपालमा कुनै नातेदार भेट्न आउने भएमा वा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएका विदेशीका बाबु, आमा, दाजु, भाइ, पहिलो संशोधनद्वारा संशोधित ।
दिदी वा वहिनी सम्बन्धित दूतावासको नाता खुलेको सिफारिससहित निजलाई भेट्न आउने भएमा,
स्पष्टीकरण ः यस खण्डको प्रयोजनका लागि “नातेदार” भन्नाले बाबु व आमापट्टिको तीन पुस्ताभित्रको व्यक्तिलाई जनाउनेछ ।
(झ) सरकारी वा गैर सरकारी स्तरमा सम्पन्न सम्झौता वा सहमति अनुसार सम्बन्धित मन्त्रालयको सिफारिसमा काम गर्न आएका विदेशीहरू,
(ञ) उद्योग वा व्यवसायको सम्भाव्यता अध्ययन गर्न बढीमा ६ महिनासम्मका लागि सम्बन्धित मन्त्रालयको सिफािरश प्राप्त विदेशीहरु,
तर यस खण्ड बमोजिमका विदेशीहरुले भिसा निवेदन फाराम साथ लगानीको स्रोत खुलेको कागजात, लगानीकर्ताको योग्यता तथा
अनुभव सम्बन्धी विवरणहरु समेत पेश गर्नुपर्नेछ ।
(ट) समूहगत रूपमा पर्यटकहरूदलाई नेपाल भ्रमण गराउन सम्बन्धित मन्त्रालयको सिफारिस सहित आवेदन गर्ने विदेशीहरूको टोली नेता,
(ट१) समाजकल्याण परिषद् वा सम्बन्धित मन्त्रालयसँग सम्पन्न सम्झौता अनुसार गैर सरकारी संस्थामा काम गर्न आउने सम्बन्धित मन्त्रालयको सिफारिस प्राप्त विदेशीहरु,
(ठ) नेपाल सरकारले उपयुक्त ठह¥याएका विदेशीहरू ।
(२) गैर पर्यटक भिसा एक पटकमा बढीमा एक वर्षको लागि प्रदान गरिनेछ र आवश्यकता अनुसार पुन म्याद थप गर्न सकिनेछ ।
(३) …….
(४) गैर पर्यटक भिसा लिनको लागि अनुसूची—२ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
तर उपनियम (१) को खण्ड (ज) बमोजिमका विदेशीहरूले अनुसूची—२क बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।